Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • प्रतिनिधि सभा पुनःस्थापनाको कुरा उठाउनु युवा क्रान्तिको मर्म विपरीत: सुमना श्रेष्ठ


    आइतबार, कार्तिक २ २०८२
    785
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधि सभाकी निवर्तमान सांसद सुमना श्रेष्ठले ताजा जनादेशको लागि ठूला राजनीतिक दलहरूका एक खेमासहित सम्पूर्ण नेपाली समाज तयार भइसकेको संसद पुनःस्थापनाको बहस चलाउनु जेन–जी युवाको मर्म विपरीत रहेको बताएकी छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पूर्वनेता समेत रहेकी उनले सत्तालिप्सामा डुबेका नेताहरूले संसद पुनःस्थापनाको बहस उठाएको बताएकी छन्।

    ‘ताजा जनादेशको लागि ठूला राजनीतिक दलहरूका एक खेमासहित सम्पूर्ण नेपाली समाज तयार भइसकेको अवस्थामा स्वार्थी र सत्तालिप्सामा डुबेका नेताहरूले संसद पुनःस्थापनाको बहस चलाउनु भदौ २३ को युवा क्रान्तिको मर्म विपरीत छ,’ उनले भनेकी छन्।

    नागरिक सरकारले गराउने निर्वाचनको निष्पक्षतामाथि शंका गरिनु जनता समक्ष जान नसक्ने बहाना मात्रै भएको उनको टिप्पणी छ।

    ‘जनता समक्ष जान नसक्नु हत्यारा, भ्रष्टाचारी, कायर आपराधिक तत्त्वहरूको निकृष्ट बहाना मात्रै हुन्। आफूलाई लोकतान्त्रिक भन्ने तर लोकतान्त्रिक चरित्र देखाउन नसक्नेहरू लोकतन्त्रको अभ्यासबाट भाग्न खोजेको नेपाली जनताले प्रष्टसँग बुझेका छन्,’ उनले भनेका छन्।

    शान्तिपूर्ण निकासको लागि एक कदम अगाडि बढिसकेको नेपाली समाजलाई द्वन्द्वतिर लैजान आफ्नो भ्रातृ संगठनहरूलाई उक्साउनु प्रतिक्रान्तिको तयारी गर्नु मात्रै भएको उनको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार