काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गरेर मताधिकार सुनिश्चित गर्न आग्रह गरेकी छन् ।
आफ्नो नाम मतदाता नामावलीमा भएको आयोगको वेबसाइटबाट हेर्न सकिने उल्लेख गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सक्रिय नागरिक बनौँ, आफ्नो मताधिकार सुनिश्चित गरौँ ।’
१६ वर्ष उमेर पुगेका र नागरिकता लिएका प्रत्येक व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउँछन् । तर, मतदान गर्ने अधिकार भने फागुन २० गते १८ वर्ष पूरा भएकाले मात्र पाउनेछन् ।
ऐनले मिति घोषणा भएपछि सोही निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भनेको थियो । तर, सरकारले आदेशमार्फत क्रियाशील गराए पश्चात् असोज १२ गतेबाट मतदाता नामावली दर्ता तथा अध्याविधक सुरु भएको हो । यही ३० कात्तिकसम्म मतदाता नामावली दर्ता तथा अध्याविधक हुनेछ ।
निर्वाचन आयोगले यसअघि नै निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । स्वीकृत कार्यतालिका अनुसार आगामी १(१० मंसिरसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ माघदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । ३९१८ फागुनसम्म निर्वाचन प्रचारप्रसार हुनेछ । तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ ।
२१ फागुन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम छ। समानुपातिक निर्वाचन प्रणालीका लागि १५ मंसिरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र १८ र १९ पुसमा बन्द सूची पेस गर्ने कार्यक्रम रहेको छ।
काठमाडौँ। सरकारले सुत्केरीलाई कम्तीमा ६ महिना तलब सहितको प्रसुति बिदा र श्रीमानलाई ४२ दिनसम्म तलब सहितको प्रसुति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ। सुरक्षित...
काठमाडौँ । सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ । बुधबार रास्वपा संसदीय दलको कार्यालय...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी बाटो रोजेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै...
काठमाडौं । सिंहदरबारमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो । बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा...
काठमाडौं । निर्वाचन आयोगले दल त्याग गरी अन्य दलमा प्रवेश गरेका दुई उपाध्यक्षसहित १० जना जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ । आयोगले सम्बन्धित स्थानीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend