काठमाडौँ । नेकपा (माओवादी केन्द्र)मा आबद्ध युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेको छ ।
कार्की नेतृत्वको वर्तमान सरकारले पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री कार्की पनि सम्पत्ति छानविन हुनुपर्ने जिकिर गरेको हो ।
शुक्रबर अनेरास्ववियु क्रान्तिकारीसहित संयुक्त रूपमा पत्रकार सम्मेलन गरी वाइएसीएलका अध्यक्ष पुष्प ओलीले पूर्वप्रधानमन्त्रीहरुको मात्रै नभई पूर्वराजा, पूर्वराष्ट्रपति, राप्रपाका नेताहरूको पनि सम्पत्ति छानबिन गर्न सरकारलाई दबाब दिए ।
भ्रष्टाचार गरेका सबैको सम्पत्ति छानविन नभए आफूहरूलाई मान्य नहुने चेतावनी समेत उनले दिए ।
‘वर्तमान प्रधानमन्त्रीको पनि सम्पत्ति छानबिन गर्नुपर्छ । यो न्यायमूलक राज्य हो, समतामूलक राज्यको हो । त्यसकारण निष्पक्ष ढंगले सबैको छानबिन हुनुपर्यो । वैरभाव राखेर, पक्षपात गरेर गरिने छानविनको हामीले विरोध गर्छौँ । तर त्यसरी निष्पक्ष ढंगले गरिने छानविनको सुरुवात हाम्रो अध्यक्षबाटै होस्,’ ओलीले भने ।
साथै, उनले जो कोही पनि भ्रष्टाचार संलग्न छन् भने माओवादीकै नेताहरूबाट छानबिन सुरु गर्न पनि आग्रह गरे ।
पत्रकार सम्मेलनमा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले सरकारले निर्वाचन गराउने म्याण्डेटअनुसार काम नगरेको भन्दै आपत्ति जनाए ।
मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताएका...
काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन्। भारतका अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले असोज १ गते दिल्ली प्रस्थान गर्ने भएका हुन्। भ्रमणका क्रममा...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा) बाट कारबाहीमा परेका उद्धव थापाको नेतृत्वमा कारबाहीको विरोध गर्दै पार्टी केन्द्रीय कार्यालय घेर्ने तयारी गरिएको छ । थापाले सामाजिक...
काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा तीन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय, भूमि...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend