Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै


    शुक्रबार, असोज ३१ २०८२
    670
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्नेछ ।

    काँग्रेस बैठक यही असोज २८ गतेदेखि सुरु भएको हो । पहिलो दिनको बैठकबाटै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर बिदा लिएका थिए।

    दोस्रो बैठक ३० गते बिहीबार बसेको थियो ।बिहीबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए। यस्तै, महामन्त्री गगनकुमार थापाले बैठकमा विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए ।

    यस्तै केन्द्रीय सदस्य डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाईं, राजीव कोइराला र गुरु बराल लगायतले धारणा राखेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार