काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सरकारले निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउने विषयमा आशङ्का व्यक्त गरेका छन् ।
निर्वाचन आयोगले बिहीबार राजनीतिक दलहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले निर्वाचनको लागि उपयुक्त वातावरण निर्माण गर्न नसकेको उनको भनाइ छ ।
उनले सरकारले दलहरूलाई विश्वासमा लिन र निष्पक्ष निर्वाचनका लागि आवश्यक भूमिका निर्वाह नगरेको बताए । गुरुङले सरकारले राजनीतिक दलहरूप्रति प्रतिशोधपूर्ण व्यवहार गरेको, गिरफ्तारी र मुद्दा चलाउने जस्ता गतिविधि अघि बढाएको जिकिर गरे । उनले यस्ता कार्यले निर्वाचनको निष्पक्षतामाथि शङ्का उत्पन्न भएको बताए ।
‘निर्वाचन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन गर्छ, तर सरकारले निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि भयमुक्त वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘तर अहिलेसम्म सरकारले त्यस्तो भूमिका निर्वाह गरेको देखिँदैन ।’
राष्ट्रपतिसँग हालै भएको संवादले केही आशा जगाए पनि सरकारले दलहरूलाई विश्वासमा लिन र शान्ति-सुरक्षा कायम गर्न ठोस कदम चाल्न आवश्यक रहेको गुरुङले बताए । अहिलेको प्रतिशोधपूर्ण कारबाहीले निष्पक्ष निर्वाचन हुनेमा गरुङले शङ्का व्यक्त गरे ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाएकी छन्। मंगलबार प्रतिनिधिसभाको आकस्मीक समयमा...
बुटवल । भारतबाट रुपन्देहीस्थित भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश प्रहरी...
मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताएका...
काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन्। भारतका अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले असोज १ गते दिल्ली प्रस्थान गर्ने भएका हुन्। भ्रमणका क्रममा...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा) बाट कारबाहीमा परेका उद्धव थापाको नेतृत्वमा कारबाहीको विरोध गर्दै पार्टी केन्द्रीय कार्यालय घेर्ने तयारी गरिएको छ । थापाले सामाजिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend