Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • एकीकृत समाजवादीको भर्चुअल बैठक स्थगित


    बिहिबार, असोज ३० २०८२
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।

    बुधबार बसेको स्थायी कमिटी बैठकले आज बिहीबारका लागि भर्चुअल बैठक तय गरेको थियो ।

    उक्त बैठक स्थगित गर्दै कात्तिक १२ र १३ मा फिजिकल केन्द्रीय कमिटी बैठक बस्ने तय भएको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।

    समाजवादी मोर्चामा रहेका दलहरूबीच पार्टी एकताको गृहकार्य भइरहेका बेला सो पार्टीले पूर्वनिर्धारित बैठक स्थगित गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार