Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • राप्रपाले ४ जनालाई गर्‍यो निलम्बन


    बुधबार, असोज २९ २०८२
    790
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका कार्यसमिति अध्यक्ष बेदबहादुर शाहीसहित चार जनालाई निलम्बन गरेको छ ।

    बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

    शाहीसहित जुम्लाका उपाध्यक्षद्वय विमल शाही र कालीबहादुर महत तथा कर्णाली सदस्य मन्सुर सुनारलाई एक वर्षका लागि निलम्बन गरिएको लिङ्देनले जानकारी दिए ।

    पार्टीको अनुशासन समितिको सुझावका आधारमा यस्तो निर्णय भएको उनले बताए

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार