काठमाडौं । चितवनमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ । आज बिहान रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चितवन खैरहनी नगरपालिका २ का शुकराम दराई, गोरखा घर भई रत्ननगर १२ बस्ने रेशम दराई र रत्ननगर नगरपालिका १२ बस्ने कमल गुरुङ रहेका छन् । उनीहरुको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा पर्सा घर भई रत्ननगर नगरपालिका १२ बस्ने वर्ष जितेन्द्र महतो र अंकजप्रसाद थारु छन् । उनीहरु दुवैको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।
इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी सुवास भट्टका अनुसार दाना उद्योग भित्रको पार्टिसन गरेको १० इन्च बाक्लो इँट्टाको गाह्रो अचानक भत्किएर घटना भएको हो । यस बारे थप अनुसन्धान भैरहेको उनले जानकारी दिए ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend