Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • संसद् विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको निष्कर्ष


    बुधबार, असोज २९ २०८२
    865
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । सभामुख देवराज घिमिरेले राखेको दलहरूको बैठकले संसद् विघटनबारे अलोकतान्त्रिक र असंवैधानिक भएको निष्कर्ष निकालेको छ।

    बैठकपछि एमालेका नेता महेश बर्तौलाले संसद्लाई जीवित राखेर जेनजीको मागसहित सबै कुराहरूको समाधान गर्न सक्ने अवस्था हुँदाहुँदै ठुलो षड्यन्त्रले विघटन गरेको निष्कर्ष निकालेको बताए।

    उनले संसद् पुनर्स्थापना गरेर संवैधानिकबाटै जेनजीले उठाएको विषय सम्बोधन गरेर जानुपर्ने मत रहेको बताए।

    काँग्रेसका नेता श्याम घिमिरेले पनि संसद् विघटन असंवैधानिक रहेको पार्टीले ठहर गरिसकेको बताए।

    सर्वोच्चले निर्वाचन हुने फैसला गरे पनि आफ्नो दल तयार रहेको उनले बताए।

    यस्तै, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान सरकार संविधानसम्मत नभएको र उनको नियुक्ति संविधानको कुनै धाराले पनि नटेकेको बताए। संसद् विघटन नभएको भए वर्तमान संसदबाटै संविधान संशोधन गरी जेनजीको माग पूरा गर्न सक्ने भए पनि विघटन गरेकाले अब सम्भव नभएको बताए।

    सरकारका मन्त्रीहरू फागुन २१ मा निर्वाचन गराउनुभन्दा राजनीतिक दलहरूसँग मुठभेड गराउनेतर्फ उद्यत रहेको उनको जिकिर छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार