म्याग्दी । गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने सडक सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, शिख, घोडेपानी, कास्कीको उल्लेरी, बिरेठाटी हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने नयाँपुल जोड्ने सडकमा यातायात सञ्चालन गर्न थालिएको हो ।
मध्यपहाडी लोकमार्गको नयाँपुलबाट कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकमा पर्ने पोखरेबगर जोड्ने यो सडकको आज घोडेपानीमा म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्षद्वय भारतकुमार पुन र विष्णुबहादुर केसीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
नयाँपुल, कुुश्मा, बेनी हुँदै पोखरेबगर जोड्ने सडकभन्दा यो सडक करिब ४० किलोमिटर छोटो दूरीको हुने र पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेको गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो । स्थानीयवासीका साथै कास्कीको नयाँपुलबाट म्याग्दीको बेनी हुँदै पोखरेबगर खण्डको मुख्य राजमार्गमा अवरोध हुँदा, घोडेपानीको भ्रमण गर्न इच्छुक यात्रुहरूले यो सडक प्रयोग गर्नसक्ने उहाँले जानकारी दिनुभयो ।
पोखरेबगरबाट तल्लो घोडेपानी र कास्कीको नयाँपुुलबाट उल्लेरी हुँदै वनठाँटी भालओरालसम्म यसअघिनै सडक निर्माण भएर यातायात सञ्चालन हुँदै आएको थियो । योसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, ६, कास्कीको अन्नपूर्ण–७, ८ र ९ नम्बर वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।
स्थानीयवासीले चन्दा सङ्कलन गरेर घोडेपानी–नागेठाँटी–वनठाँटी खण्डमा करिब दुई किलोमिटर ट्याक निर्माण गरेपछि दुई वटा जिल्ला सडक सञ्जालमा जोडिनुका साथै राष्ट्रिय राजमार्गको वैकल्पिक सडक तयार भएको हो । सडक निर्माणमा शिख, घार र घोडेपानीका बासिन्दाबाट रु १६ लाख ६० हजार ५३५ सङ्कलन भएकोमा रु १६ लाख पाँच हजार ५७६ खर्च भएको घोडेपानी–उल्लेरी सडक निर्माण पहल समितिका कोषाध्यक्ष चन्द्र पुनले जानकारी दिनुभयो ।
“गाउँपालिका र प्रदेश सरकारबाट विनियोजन भएको बजेट संरक्षण क्षेत्रको कानुनी जटिलताका कारण कार्यान्वयन हुन नसकेपछि समुदायस्तरबाट सहयोग जुटाएर दुई जिल्लालाई सडकले जोडेका हौँ”, उहाँले भन्नुभयो, “कास्कीको भूगोलमा म्याग्दीका बासिन्दाले सरकारी बजेट हुँदाहुँदै किन चन्दा उठाउने भन्ने प्रश्नको मात्र नभएर नियमनकारी निकायमा परेको उजुरीको सामना गरेर सडक बनाएका हाैँ ।”
कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष केसीले बर्खामा खसेको पहिरो पन्छाएर यातायात सञ्चालनको व्यवस्था मिलाएको बताउनुभयो । कास्कीको नयाँ पुल हुुँदै बिरेठाँटी खण्डको सडक कालोपत्र भएको छ । बिरेठाँटी–उल्लेरी खण्ड स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा दुई शीर्षकमा रु चार करोड ५० लाख विनियोजन भएको भन्दै भुरुङ्दी खोलामा मोटरेबल पुल बनाउन ठेक्का सम्झौता भइसकेको उहाँले जानकारी दिनुभयो ।
नयाँ पुल हुँदै उल्लेरीसम्मको कच्ची सडकमा बस र नागीठाँटीसम्म जीप तथा बोलेरो सञ्चालन हुँदै आएको थियो । यसअघि घोडेपानीबाट नयाँपुल पुग्न छ घण्टा लाग्ने गरेकामा सवारीसाधन सञ्चालन हुन थालेपछि यात्राअवधी दुई घण्टा ३० मिनेटमा छोटिएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष चन्द्र बुद्धुजाले बताउनुभयो ।
कास्कीको अन्नपूूर्ण–९ का वडाध्यक्ष रमेश गुरुङले यो सडकले मुुस्ताङ, मुुक्तिनाथ जाने आउने पर्यटकलाई सहज बनाउनुका साथै स्थानीयको सामाजिक र आर्थिक अवस्था सुधारमा पनि सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । म्याग्दीको पोखरेबगर–चित्रे खण्ड दुई वर्षअघि सङ्घीय सरकारले स्तरोन्नति गरेको थियो । चित्रे–घोडेपानी खण्डमा प्रदेश सरकारमार्फत स्तरोन्नति भइरहेको छ ।
पोखरेबगर–चित्रे खण्डको बाँकी सडक मर्मतका लागि सङ्घीय सरकारले विनियोजन गरेको रु तीन करोड बजेटको ठेक्का आह्वानको तयारी भएको र गाउँपालिकाले विनियोजन गरेको रु ५० लाख बजेटको योजना कार्यान्वयनका लागि ठेक्का आह्वानको तयारी भएको म्याग्दीको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । (रासस)
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताएका...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा) बाट कारबाहीमा परेका उद्धव थापाको नेतृत्वमा कारबाहीको विरोध गर्दै पार्टी केन्द्रीय कार्यालय घेर्ने तयारी गरिएको छ । थापाले सामाजिक...
काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा तीन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय, भूमि...
काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बैठक बस्न लागेको हो । जहाँ ‘डिजिटल संसद्’सँग सम्बन्धित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend