Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • मधेशमा नयाँ सरकार गठनका लागि आह्वान


    मंगलबार, असोज २८ २०८२
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मधेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।

    मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

    नयाँ सरकार गठनका लागि भोलि बुधबार अपराह्न ४ बजेसम्म दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्‍याएर दाबी पेश गर्न आह्वान गरिएको छ । १०७ सदस्य प्रदेश सभामा सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ ।

    मधेश प्रदेश सभामा काँग्रेसको २२, नेकपा एमालेको २५, जनता समाजवादी पार्टी, नेपालको १९, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ९, नेकपा माओवादी केन्द्रको ९, एकीकृत समाजवादी पार्टीका ७, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकरएक गरी १०७ जना सदस्य छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार