काठमाडौँ । नेपालका लागि इजरायलका पूर्व राजदूत हानान गोदारले हमासको आक्रमणमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीलाई सम्झिँदै फेसबुकमा भावुक सन्देश लेखेका छन् ।
गोदारले सामाजिक सञ्जालमा जोशीसँगको भेटका बेला खिचिएको तस्बिर पोस्ट गर्दै लेखेका छन्, “विपिन जोशी अब हामीमाझ रहेनन् । दुई वर्षको आशा अब अन्त्य भएको छ ।”
उनले लेखेका छन्, “विपिन नेपालबाट इजरायल प्रस्थान गर्नु अघि उनलाई भेट्ने अवसर पाएको थिएँ । उनी ऊर्जावान्, करिष्माई र प्रतिभाशाली विद्यार्थी थिए, जसले आफ्नो परिवार, समुदाय र देशका लागि केही राम्रो गर्न चाहन्थे ।”
विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै पूर्व राजदूत गोदारले भनेका छन्, “रेष्ट इन पिस, विपिन । हामी सबैले तिमीलाई धेरै सम्झिरहनेछौँ ।”
इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनरत विपिन जोशी हमासको आक्रमणका क्रममा बेपत्ता भएका थिए । सोही घटनामा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । लामो खोजीपछि मंगलबार हमासले विपिनको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको थियो । डिएनए परीक्षणपछि मात्र उनको पहिचान पुष्टि हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend