काठमाडौँ । नेपाली कांग्रेसका युवा नेताहरूले आगामी मङ्सिर मसान्तभित्र पार्टीको १५ औँ महाधिवेशन गर्नेगरी स्पष्ट कार्ययोजना ल्याउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का पूर्वअध्यक्ष इञ्जिनियर रञ्जित कर्ण नेतृत्वको टोलीले आज कांग्रेसको मङ्सिरभित्रै महाधिवेशन गर्न स्पष्ट कार्ययोजना ल्याउन माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत केन्द्रीय समितिलाई आग्रह गरेका हुन् ।
देशको वर्तमान अवस्था, हालैको ‘जेनजी’ प्रदर्शन र त्यसपछि उत्पन्न हिंसात्मक घटनाक्रमबारे पार्टीले खेल्नुपर्ने भूमिकाबारे समेत पार्टी नेतृत्वको ध्यानाकर्षण गराइएको छ । विधिवत् र नियमित महाधिवेश मात्र पार्टीमा युवा पुस्ताको सम्मानजनक सहभागिता, पुस्तान्तरण र रूपान्तरणको एक मात्र वैधानिक विकल्प भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
नेताहरूले हालैको ‘जेनजी’ प्रदर्शन देखाएर जननिर्वाचित सरकारलाई विस्थापित गर्ने र प्रतिनिधिसभा विघटन गर्ने कदमले राजनीतिक अस्थिरता निम्त्याएको समेत बताएका छन् । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले अन्य संसदवादी दल, नागरिक समाजसँग संवाद गरी राजनीतिक पहलकदमी लिनुपर्ने पनि उहाँहरूको जोड छ ।
यस्तै, प्रदर्शनका क्रममा भएका हिंसा, आगजनी र तोडफोडका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ । युवाहरूले सुशासन र भ्रष्टाचारविरुद्ध उठाएका मुद्दालाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने पनि उल्लेख छ ।
ज्ञापनपत्र बुझाउन कर्णसहित नेविसङ्घका पूर्वउपाध्यक्ष भूपेन्द्रजङ्ग शाही, सरोज थापा, दीपक भट्टराई, मनहरी श्रेष्ठ, युपी लामिछाने, पुष्पकुमार शाही, शिव रिमाललगायत नेताहरू पार्टी कार्यालय पुग्नुभएको थियो । (रासस)
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend