Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेश प्रदेशकी शिक्षामन्त्री तिवारीले दिइन् राजीनामा


    सोमबार, असोज २७ २०८२
    685
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मधेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले राजीनामा दिएकी छन्। मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै शर्माले सोमबार पदबाट राजीनामा दिएकी हुन्

    उनी लोसपाबाट मन्त्री बनेकी थिइन्। मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभाबाट विश्वासको मत लिने पूर्वसन्ध्यामा मन्त्री शर्माले राजीनामा घोषणा गरेकी हुन्।

    यसअघि मुख्यमन्त्री सिंहकै दलले आफ्ना मन्त्रीसहित समर्थन फिर्ता लिइसकेको छ। यस्तै, सत्तागठबन्धनमा रहेका कांग्रेस र एमालेले समेत यसअघि नै समर्थन फिर्ता लिइसकेका छन्।

    जेन–जीको आन्दोलन चर्किंदै जाँदा २४ भदौमा सिंहले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए। तर, पछि उनले राजीनामा नदिने बताए।

    त्यसयता उनलाई स–सम्मान पद त्याग गर्न उनको आफ्नै दलले पनि पटकपटक आग्रह गरेको थियो। तर, उनले अस्वीकार गर्दै सदनबाट विश्वासको मत लिन लागेका हुन्।

    अहिलेसम्मको स्थितिमा उनलाई लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०को समर्थन मात्र कायम छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार