काठमाडौँ। सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितले लिएका बढि सुरक्षाकर्मी धमाधम फिर्ता गरिरहेको छ। अहिलेसम्म नेपाल प्रहरीका डेढसय सुरक्षाकर्मी फिर्ता भइसकेको गृहमन्त्रालय स्रोतले जनाएको छ।
अहिलेसम्म करिब डेढसय जना नेपाल प्रहरी फिर्ता भइसकेको स्रोतले जनाएको छ। प्रचण्डको सुरक्षामा खटिएका ३० जना सशस्त्र प्रहरीमध्ये १४ जना फिर्ता गरिएको छ। अब त्यहाँ सईको कमाण्डमा १६ जना सशस्त्र प्रहरी रहनेका छन्।
केपी ओलीको सुरक्षामा खटिएका पनि १३ जना सशस्त्र प्रहरी फिर्ता भइसकेका छन्। अब उनको सुरक्षामा पनि सईकै कमाण्डमा १६ जना सशस्त्र प्रहरी खटिनेछन्।
नेपाल प्रहरीले पनि त्यहाँ रहेका बढी सुरक्षाकर्मी फिर्ता बोलाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवासँग भने अहिले धेरै सुुरक्षाकर्मी नरहेको र घर जलिसकेपछि डेरामा बसेकाले उनले धेरै सुरक्षाकर्मी लिएका छैनन्।
उनकोमा पनि बढी सुरक्षाकर्मी खटिएको भए फिर्ता हुनेछन्। अरु विभिन्न पूर्वपदाधिकारी तथा बहालवालाले मापदण्डभन्दा बढी लगेका सुरक्षाकर्मीहरु आजै फिर्ता गर्न बिहीबार नै केन्द्रीय सुरक्षा समितिको बैठकले आग्रह गरिसकेको छ।
बैठक लगतै गृहमन्त्रालयले दुवै प्रहरीलाई निर्देशन दिइसकेको छ। निर्देशन अनुसार नेपाल प्रहरीका करिव २ सय ५० प्रहरी फिर्ता हुनेछन्
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । आज मंगलवार बसेको...
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाएकी छन्। मंगलबार प्रतिनिधिसभाको आकस्मीक समयमा...
बुटवल । भारतबाट रुपन्देहीस्थित भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend