Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • सुशीला कार्की नेतृत्वको सरकार नेपालीको होइन: केपी ओली


    बिहिबार, असोज २३ २०८२
    725
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपालीको सरकार नभएको दाबी गरेका छन् ।

    आज (बिहीबार) एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दे ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘यो नेपालीको सरकार होइन ।’ ओलीले गृहमन्त्रीलाई आफूले नचिनेको तर सम्हालिन सुझाव दिए । उनले राजनीतिलाई ख्यालठट्टा नठान्न चेतावनी समेत दिए ।

    उनले प्रधानन्यायाधीश र न्यायाधीश भएको व्यक्ति प्रधानमन्त्री र मन्त्रीको कुर्सीमा बस्न मिल्दैन भन्ने संविधानमा रहेको भन्दै यो सरकारलाई चुनाव गराउने म्याण्डेट राष्ट्रपतिले तोकिदिएको तर सरकार चुनाव गराउनेतिर नलागेको बताए ।

    ओलीले रातिराति मिटिङ गरेर आफूसहित रमेश लेखकलाई पक्राउ गरेको भन्दै सडकमा समेत सरकार आफैँ तमासा गरिरहेको बताए । उनले आफ्नो पासपोर्ट रोक्का गर्ने र उपत्यका छाड्न नमिल्ने भनेर गरिएको सडक तमासा गरिएपनि सुशीला कार्कीको डरले आफू नभाग्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार