काठमाडौँ । इराकका लागि नेपालका राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा.अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।
त्यस अवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।
प्रत्युत्तरमा इराकी राष्ट्रपतिले राजदूत लम्सालप्रति बधाई ज्ञापन गर्दै राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको निरन्तर प्रगतिको कामना गरेका थिए । श्री लम्साल कुवेतका लागि नेपालका आवासीय राजदूत छन् ।
हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय ९ईभी०गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । आज मंगलवार बसेको...
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाएकी छन्। मंगलबार प्रतिनिधिसभाको आकस्मीक समयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend