काठमाडौँ । जेन जेड आन्दोलनका अभियन्ता सुदन गुरुङले हालका गतिविधि र राजनीतिक चलखेलप्रति असन्तुष्टि जनाउँदै राजनीतिक दलहरूलाई चेतावनी दिएका छन्।
मंगलवार उनले आफ्नो सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै आन्दोलनलाई कमजोर पार्ने, बदनाम गर्ने र हिंसात्मक रूप दिने प्रयासहरू अस्वीकार्य भएको स्पष्ट पारेका छन्।
गुरुङले भनेका छन् -“हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौँ। हाम्रो नाम प्रयोग गरी आपराधिक गतिविधिहरू भडकाइँदैछ। त्यस्ता कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्नेछ। हाम्रो आन्दोलन सधैँ शान्तिपूर्ण नै थियो र रहनेछ। त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौँ।”
उनले राजनीतिक शक्तिहरूबीच चलिरहेको आरोप-प्रत्यारोप र आन्तरिक विभाजनले जनआन्दोलनको मर्म नबिर्सन आग्रह गर्दै भने-“हामी राजनीतिक दलहरूलाई खबरदारी गराउन चाहन्छौँ , राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन। अब जनता जागिसकेका छन् हामीलाई फुटाउन कुनै प्रयास नगरियोस्।”
उनले आन्दोलनमा संलग्न युवाहरूलाई पनि संयमित रहन, अफवाहमा नफस्न र आफ्नो अभियानलाई शान्तिपूर्ण तरिकाले निरन्तरता दिन आग्रह गरेका छन्।
हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय ९ईभी०गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । आज मंगलवार बसेको...
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाएकी छन्। मंगलबार प्रतिनिधिसभाको आकस्मीक समयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend