Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री कार्की


    मंगलबार, असोज २१ २०८२
    610
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुने भएको छ ।

    आयोगका एक पदाधिकारीका अनुसार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगका पदाधिकारीको टोली र प्रधानमन्त्री कार्कीविचमा मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुन लागेको हो ।

    तत्कालीन प्रतिनिधिसभा विघटन भएसँगै गठित अन्तरिम सरकारले आगामी फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेको छ ।

    तोकिएकै मितिमा निर्वाचन गराउनका लागि सरकारले सक्रियता बढाएको छ भने निर्वाचन आयोगले पनि सरकारले तोकेको मितिमा निर्वाचन गराउनका लागि निर्वाचन कार्ययोजना बनाएर अघि बढिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार