Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दशैंमा काठमाडौं उपत्यकामा १ अर्ब ३० करोडको खसीबोका बिक्रि


    मंगलबार, असोज २१ २०८२
    845
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । यसपालि दशैंमा काठमाडौं उपत्यकामा १ अर्ब ३० करोड रुपैयाँ बराबरको खसीबोका बिक्री भएका छन् ।

    दशैंको एक सातामा नेपाल व्यावसायिक बाख्रापालक महासंघले ४५ हजार संख्यामा खसीबोका बिक्री गरेको जानकारी दिएको छ ।

    महासंघ अध्यक्ष गोविन्द सुवेदीले ५० हजार संख्यामा बिक्री लक्ष्य राखे पनि केही कम बिक्री भएको बताए ।

    ‘गत वर्ष दशैंमा ५० हजार खसीबोका बिक्री भएको थियो, तर यसपालि गत वर्षको तुलनामा खसीबोका खपत अलि कम भयो,’ उनले भने ।

    यस वर्ष सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंमा खसीबोका र च्यांग्रा बिक्री गरेन । मुख्य सडक खण्डहरू अवरुद्ध हुनु र देशमा देखिएको राजनीतिक अस्थिरता (जेनजी आन्दोलन) कारण देखाउँदै कम्पनीले यस्तो निर्णय गरेको थियो ।

    यसअघि कम्पनीले दशैंका लागि करिब ४ करोड ७७ लाख रुपैयाँ बराबरका १ हजार ३ सय बढी खसीबोका र च्यांग्रा खरिद गर्ने तयारी गरेको थियो ।

    खाद्य कम्पनीले खसीबोका नबेच्ने निर्णय गरेपछि निजी व्यवसायीले बिक्री गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार