Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • भैरहवामा अलपत्र १५८ जना यात्रुलाई चार्टर विमानबाट काठमाडौँ ल्याउने तयारी


    आइतबार, असोज १९ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई चार्टर विमानमार्फत काठमाडौँ ल्याइने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आज साँझ ९ बजे आकस्मिक रूपमा काठमाडौँ पुग्नै पर्ने यात्रुहरूलाई विमान चार्टर गरेर ल्याउन लागेको हो ।

    प्रमुख जिल्ला अधिकारी डा। टोकराज पाण्डेका अनुसार नेपाल एयरलाइन्सको विमानमार्फत अप्ठेरोमा परेका १५८ जना यात्रुहरूलाई काठमाडौँ ल्याउन लागिएको हो ।

    भैरहवा विमानस्थलमा रहेको नेपाल एयरलाइन्सको काउन्टरमा गएर आफ्ना समस्याबारे जानकारी गराउन पनि प्रशासनले अपिल गरेको छ ।

    यात्राबारे बुझ्न र टिकट लिनका लागि नेपाल एयरलाइन्स, भैरहवाका कर्मचारी अरुण पन्थी ९९८५७०२३६७१० मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।

    काठमाडौँबाट साँझ ७ बजे नेपाल एयरलाइन्सको विमान भैरहवा पुग्ने र सोही विमानमा यात्रुहरू फर्काउने तयारी रहेको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार