फाइल फोटो
काठमाडौँ। आज आइतबार राति पनि मुग्लिन–नारायणगढ सडकमा सवारी साधन चलाउन नपाइने भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गरेर आज आइतबार साँझ ६ बजेदेखि रातभर सवारी सञ्चालन नगर्न भनेको हो।
चितवन प्रहरीले साँझ ६ बजेभित्र यस क्षेत्र भएर सवारी सञ्चालन गर्नेलाई गन्तव्यमा पुगिसक्न र यस क्षेत्र कटिसक्न भनेको छ।
मौसम पूर्वानुमानलाई ध्यानमा राखेर पहिरोको जोखिम रहेको यस सडक खण्डमा रातको समयमा सवारी सञ्चालनमा कडाइ गरिएको प्रहरीको भनाइ छ। चितवन र आसपासमा गएरातिदेखि नै पानी नपरे पनि पहिरोको जोखिम कायमै रहेको भनिएको छ।
यसअघि शनिबार पनि साँझ ६ बजेदेखि रातभर सवारी सञ्चालनमा रोक लगाइएको थियो। साँझ ६ बजेपछि काठमाडौँ, पोखरातर्फ जान आएका सवारीलाई होल्डिङ सेन्टरमा राखिने प्रहरीको भनाइ छ।
यस सडकखण्डको तुइन खोलामा पहिरोको उच्च जोखिम छ। प्रहरीले अत्यावश्यक सवारी चलाउनै पर्ने भए सम्बन्धित क्षेत्रका सुरक्षा अधिकारीहरूसँग समन्वय गर्न पनि भनेको छ
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend