Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • माटोको ढिस्को खस्दा पुरिएर सर्लाहीमा ४ जनाको मृत्यु


    बुधबार, असोज १५ २०८२
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम। सर्लाही हरिपुर्वा नगरपालिका-१ हर्दी नदीमा माटोको ढिस्को खस्दा पुरिएर चारजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई बालबालिका छन्।

    महोत्तरी सोनमा गाउँपालिका-६ मगरथाना बस्ने बेधु मंसुरकी ६५ वर्षीया श्रीमती सायदा खातुन, ६ वर्षकी सविवा खातुन, अल्लाउदिन मंसुरका ८ वर्षीय छोरा डिल्लु मंसुर र नसरुल शेखकी ९ वर्षकी छोरी नर्गिस खातुन छन्।

    दशैंका लागि घर लिपपोत गर्ने माटो खन्ने क्रममा ढिस्को खसेको हो। आज बिहान ९:२० बजे ढिस्को खस्दा चारैजना पुरिएका थिए। घाइतेहरुलाई निकाली प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार