Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झुला भाँचिएर फसेका ५६ जनाको उद्दार   


    शनिबार, असोज ११ २०८२
    735
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुर ।    जनकपुरमा सञ्चालित दशमी मेलामा झुला भाँचिएर फसेको ५६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । शुक्रबार राति माता राजदेवी मन्दिरको प्राङ्गणमा लगाइएको सो मेलामा घुम्ने क्रममा झुला भाँचिएको थियो ।

    नेपाली सेनाको अगुवाइमा सुरक्षा निकायका अन्य अङ्गहरुको समेत प्रयासमा फसेका सबैको सकुशल उद्धार गरेको हो । विजयादशमीमा महावीर युवा युवा कमिटी, श्रीराम युवा कमिटीसहितको व्यवस्थापनमा जनकपुरधामको सो क्षेत्रमा मेला लाग्ने गरेको छ ।

    नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको संयुक्त टोलिले विभिन्न निकायबाट आएका जेसिबी तथा क्रेनको सहायताले फसेका सबै व्यक्तिहरुको सकुशल उद्धार गरिएको यहाँस्थित नेपाली सेनाले जनाएको छ ।   (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार