Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • दूध बोकेको भ्यान सुनकोसीमा खस्यो, चालक बेपत्ता


    शुक्रबार, असोज १० २०८२
    685
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ बलेफीस्थित दूध बोकेको भ्यान आज (शुक्रबार) बिहान सुनकोसी नदीमा खसेर बेपत्ता भएको छ।

    सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवराज खरेलका अनुसार आज बिहान ५:२० बजेतिर बा १२ च ६५९४ नम्बरको मारुती भ्यान सुनकोसी नदीमा खसेर हो।

    बलेफी गाउँपालिकाकै वडा नम्बर ५ बाट दूध लिएर खाडीचौरतर्फ जाँदै गर्दा भ्यान सडकबाट अन्दाजी ५० मिटर तल सुनकोसी नदीमा खसेको उनले बताए।

    दुर्घटनामा परि चालक काभ्रेको पनौती नगरपालिका–१०, पस्थलीका अन्दाजी २३ वर्षीय नवराज खुलाल पनि बेपत्ता भएका छन् ।

    चौतारा साँगाचोकगढी–१०, सुकेटेस्थित सिन्धु दूध डेरीको बेपत्ता भ्यानको खोजी भइरहेको डीएसपी खरेलले बताए।

    खोजीमा सशस्त्र प्रहरी बल १६ नम्बर गण सिन्धुपाल्चोक र सुरक्षा बेस लामोसाँघुबाट विपद् व्यवस्थापनसहितको सुरक्षाफौज खटिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार