Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दलहरुले निर्मम समीक्षा गर्नुपर्छः उपसभापति खड्का   


    बिहिबार, असोज ९ २०८२
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कर्णाली ।  नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब राजनीतिक दलहरुले निर्मम समीक्षा गर्नुपर्ने बताउनुभएको छ ।

    जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त नेपाली कांग्रेस सुर्खेतको पार्टी कार्यालय निरीक्षणपश्चात् आज पत्रकारहरुसँग कुरा गर्दै उपसभापति खड्काले मुलुकमा उत्पन्न परिस्थिति र त्यसले उब्जाएको सङ्कटका विषयमा दलहरुले निर्मम समीक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।

    उहाँले भन्नुभयो, “सरकारले छानबिन आयोग गठन गरिसकेकाले सबै कुरा अहिले बोल्दा हतार हुन्छ । दोषीहरुलाई कारबाही गराउनतर्फ सरकार लाग्नु पर्दछ ।” चुनावको मिति घोषणा भइसकेकाले सरकारले चुनावको वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।  (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार