Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • माओवादीको केन्द्रीय समिति बैठक बस्दै, विशेष महाधिवेशनबारे छलफल हुने


    बिहिबार, असोज ९ २०८२
    725
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे प्रज्ञा भवनमा सुरु हुनेछ।

    यसअघि बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा राजनीतिक प्रतिवेदन पेस गर्ने, प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा बैठकमा छलफल हुनेछ।

    फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका एजेन्डामा बैठकमा छलफल हुनेछ।

    जेन जेड प्रदर्शनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली दिने कार्यक्रम समेत एजेन्डामा समावेश गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार