Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री


    बुधबार, असोज ८ २०८२
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज (बुधबार) राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास जाने भएको छ । शीतल निवास स्रोतका अनुसार राष्ट्रपति भेट्न प्रधानमन्त्री कार्की आज मध्यान्ह १२ बजे राष्ट्रपतिको कार्यालय (शीतल निवास) पुग्ने कार्यक्रम छ।

    जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारको काँधमा ६ महिनाभित्र अर्थात् फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुपर्ने प्रमुख जिम्मेवारी छ।

    निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने बाटो खुलाउन तत्काल अध्यादेश ल्याइदिन अनुरोध गरेको छ। मंगलबार यस विषयमा आयोग पदाधिकारीसँग प्रधानमन्त्री कार्कीले छलफल गरेकी थिइन्।

    राष्ट्रपति र प्रधानमन्त्रीबीच आज हुने भेटवार्तामा निर्वाचनलगायत विषयमा छलफल हुन सक्नेछ। हालसम्म अन्तरिम मन्त्रिपरिषद्‌मा सदस्य संख्या ८ पुगेको छ भने सबै मन्त्री गैरदलीय छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार