Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जवाङखोलाको पहिरो पन्छाएपछि अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो


    मंगलबार, असोज ७ २०८२
    565
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मलेखु । अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी नै खुलेको छ । बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा सोमबार राति १० बजेदेखि सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले पहिरो पन्छाएर राजमार्ग खुलाएको जानकारी दिए ।

    उनका अनुसार तत्कालका लागि पहिरो पन्छाए पनि जोखिम टरिसकेको छैन । डोजरले पन्छाउँदै जाने पहिरो थपिँदै गर्ने क्रम चलिरहेको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए ।

    रोकिएका सवारीहरु आफ्नो गन्तव्यतर्फ लागेका छन् । यस क्षेत्रमा सवारीको चाप उच्च भएकोले जामको समस्या पनि छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार