Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • नारायणकाजी श्रेष्ठले मागे माओवादीको कार्यबाहक अध्यक्षको जिम्मेवारी


    मंगलबार, असोज ७ २०८२
    595
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा आफूलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन माग गरेका छन् । उपमहासचिव जनार्दन शर्माले अनुसार, पदाधिकारी बैठकमै नेता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन माग गरेका हुन् ।

    माओवादीको पदाधिकारी बैठक गत आइतबार बसेको थियो । जहाँ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्ष माग गरेको उपमहासचिव शर्माले जानकारी दिएका हुन् ।

    महाधिवेशनसम्म कार्यबाहकको रुपमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेतृत्व गर्ने र त्यसपछि प्रचण्डसहितका सबै पदाधिकारी नेतृत्वमा नआउने उनको प्रस्ताव छ । हाल रहेका पार्टीका सबै पदाधिकारी निर्देशक समितिमा बदलिनुपर्ने उनको आग्रह छ । मंसिरमा हुने महाधिवेशनबाट पुरै नयाँ नेतृत्व ल्याउने उनको प्रस्ताव छ । यसो गर्दा पार्टीको साख थप बढ्ने उनको विश्वास छ ।

    पार्टीले केवल महाधिवेशन तोकेर मात्रै नहुने, महाधिवेशनमा कार्यकर्तालाई स्वतन्त्र ढंगले आफ्नो नेता छान्ने र नयाँ–नयाँ बिचार आउने वातावरण बनाउन दिन सक्नुपर्ने उपमहासचिव शर्माको आग्रह छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार