Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा विचार मिल्नेसँग एकता गर्न वार्ता टोली गठन


    मंगलबार, असोज ७ २०८२
    470
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले विचार मिल्ने शक्तिहरूसँग एकता गर्नको लागि वार्ता टोली गठन गरेको छ।

    हालै बसेको बैठकले नयाँ कम्युनिस्ट केन्द्र निर्माणका लागि भन्दै प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा सबै कम्युनिस्ट समूह र पार्टीहरूसँग छलफल गर्ने उद्देश्यले वार्ता समिति गठन गरेको हो।

    वार्ता समितिमा समितिमा स्थायी समिति सदस्य अनिल सी, शिलु सी, सुशील सी, पोलिटब्युरो सदस्य चिरण र केन्द्रीय सदस्य जितेन्द्र सी रहेका छन्।

    बैठकले माओवादी घटक र चौथो महाधिवेशन समूहसँग प्राथमिकताका साथ वार्ता गर्ने निर्णय गरेको छ।

    माओवादी केन्द्रले यसअघि नै ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरिसकेको छ। नेकपाको बैठक बस्नुअघि माओवादीका अध्यक्ष ‘प्रचण्ड’ले पार्टी एकताबारे गरेको निर्णय विप्लवको घरैमा पुगेर जानकारी गराएका थिए।

    नेकपा समाजवादी मोर्चामा पनि आबद्ध छ। मोर्चामा माओवादीसहित नेकपा एकीकृत समाजवादी र महेन्द्र राय यादव नेतृत्वको नेसपा सहभागी छ।

    मोर्चालाई पार्टी एकतासम्म लैजाने गरी छलफल समेत अघि बढाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार