काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बैठक बसेको हो।
मन्त्रिपरिषद्का काम कारबाही, जेनजी आन्दोलनमा भएको दमन र आगजनीका घटनाबारे जाँचबुझ आयोग गठनलगायत छलफलका विषय छन्।
यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग फिर्ता हुने भएका छन्।
बैठकले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुनः अर्थ मन्त्रालय मातहत ल्याइने र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमै फर्काइने तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानकारी दियो।
हाल चार सदस्यीय मन्त्रिमण्डलमा अर्थमा रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमा कुलमान घिसिङ र गृह तथा कानुनमा ओमप्रकाश अर्याल छन्। कार्की मन्त्रिपरिषद् ११ सदस्यीय बनाउने तयारी छ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
गोरखा। जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय ९ईभी०गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend