Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • वैज्ञानिक महावीर पुन पनि मन्त्री बन्दै


    आइतबार, असोज ५ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा महावीर पुन पनि रहने भएका छन्। प्रधानमन्त्री कार्कीले छलफल गरेपछि पुन मन्त्री बन्न तयार भएका हुन्।

    पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउन लागिएको हो। तर अहिले शिक्षा पनि विज्ञान तथा प्रविधि मन्त्रालयसँगै छ। शिक्षा मन्त्रालयको समेत समेत जिम्मेवारी दिने कि विज्ञान तथा प्रविधिको मात्र जिम्मा दिने भन्ने प्रस्ट भइसकेको छैन।

    पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन्। नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्‍याउने पहलका लागि उनले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए।

    यस्तै मन्त्रिपरिषद्मा एक जना दलित समुदायको प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउन लागिएको छ। हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद्ले मात्र काम गरिरहेको छ।

    कार्की भदौ २७ गते जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त भएकी थिइन्। गएको आइतबार तीन मन्त्री नियुक्त गरी पहिलो मन्त्रिपरिषद् बैठक बसेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार