Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक, देउवा अनुपस्थित


    शुक्रबार, असोज ३ २०८२
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ । शुक्रबार उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा केन्द्रीय कार्यसमिति बैठक बसेको हो । बैठकमा सभापति शेरबहादुर देउवा भने अनुपस्थित भएका छन् ।

    यही गएको भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित घरमै रहेका सभापति देउवा दम्पतीमाथि आक्रमण भएको थियो । सभापति देउवा दम्पतीको हाल उपचार भइरहेको छ । सभापति देउवाले संविधान दिवसमा विज्ञप्ति निकालेर शुभकामना भने दिएका थिए ।

    भदौ २४ गते आन्दोलनकारीहरूले कांग्रेस केन्द्रीय कार्यालय भवनमा पनि आगजनी गरेका थिए । आगजनी भएको भवनमै पहिलोपटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको हो । कांग्रेसले दिउँसो २ बजे पत्रकार सम्मेलन गरी निर्णय जानकारी गराउने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार