वीरगञ्ज । बाराको परवानीपुर सवस्टेसनमा बुधबार दिउँसो लागेको आगोका कारण यसक्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । औद्योगिक तथा व्यापारिक नगरी बारा–पर्सामा ११ केभिए क्षमताको सवस्टेसनमा आगलागी हुँदा सेवा बन्द भएको हो ।
परवानीपुरस्थित ११ केभिए क्षमताको सवस्टेसनमा लागेको आगोका कारण ‘प्यानल’ जलेर विद्युत् आपूर्ति प्रणालीमा क्षति हुँदा विद्युत् प्रवाह रोकिएको हो । प्यानलमा सर्टसर्किटका कारण आगलागी हुँदा वीरगञ्ज, सिमरा, कृषि, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, वीरगञ्ज, नितनपुर, चोर्नी र भलुही फिडरबाट वितरित विद्युत् आपूर्तिमा समस्या देखिएको थियो ।
बुधबार वीरगञ्जबाट गएको वरुणयन्त्र, स्थानीय प्रहरी र सर्वसाधारणको सहयोगमा आगो नियन्त्रणमा लिइएको नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् सेवा पुनः नियमित सञ्चालनमा ल्याउन तत्काल प्राविधिक समस्या भइरहेको छ ।
“बुधबार रातभरि काम गरेर आज विद्युत् सञ्चालनमा ल्याएका थियौँ । बिहान ९ः३० बजेपछि पुनः समस्या आएर विद्युत् आपूर्ति ठप्प जस्तै भएको छ”, उहाँले भन्नुभयो, “वीरगञ्ज र बाराको पिलुवास्थित सवस्टेसनमा रहेको बे्रकरको बुस पड्किएर थप विद्युत् आपूर्तिमा समस्या आएको छ ।”
वीरगञ्ज वितरण केन्द्रका प्रमुख दुवेले परवानीपुरको सवस्टेसनमा आगो लागेपनि सो ठाउँमा पनि वीरगञ्जबाट विद्युत् पठाउन पर्दा क्षमताले धान्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले वीरगञ्जको सवस्टेसनबाट परवानीपुरमा विद्युत् पठाउनुपर्ने बाध्यता छ ।”
प्रमुख दुवेले ११ केभिएबाट सञ्चालन हुने सबै उद्योगधन्दामा विद्युत् प्रवाह गर्न नसकिएको उल्लेख गर्नुभयो । “यो अहिले देखिएको समस्या समाधानका लागि कम्तीमा १५ दिन लाग्ने देखिन्छ । हाम्रोतर्फबाट काम भइरहेको छ ।” पिलुवास्थित सवस्टेसनको ब्रेकर बुस मर्मतसम्भार गरेर बिजुली उपलब्ध गराउन थालिएको उहाँले जानकारी दिनुभयो । (रासस)
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend