Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • प्रधानमन्त्री कार्कीलाई अमेरिकी र चिनियाँ राजदूतले दिए बधाई


    बिहिबार, असोज २ २०८२
    755
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उनीहरुबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

    सो अवसरमा राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै यसअघि जस्तै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    त्यसैगरी प्रधानमन्त्री कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले पनि शिष्टाचार भेटवार्ता गरेका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री कार्कीले नेपाल–चीनबीच दुईपक्षीय सम्बन्ध ऐतिहासिक एवं घनिष्ट रहेको र एक चीन नीतिप्रति नेपाल सदैव प्रतिबद्ध रहेको बताए ।

    सो अवसरमा प्रधानमनन्त्रीले कार्कीले आगामी दिनमा व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा चीनबाट प्राप्त सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानाले जानकारी दिए ।

    प्रधानमन्त्री कार्कीले बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुल पुनःनिर्माणमा तत्परतासहित चीन सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै अन्य नाकाहरूबाट पनि आवतजावत सहजीकरणका लागि आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

    नेपालका लागि चिनियाँ राजदूत चेन सङले चीन सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपाल र चीनबीचमा रहिआएको सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार