काठमाडौं । नेपाल प्रहरीले ९० डीएसपी र ४८ जना एसपी सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति सरुवा निकालेको हो ।
जसअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सुदिपराज पाठकलाई जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा गरिएको छ । उपत्यका प्रहरी कार्यालयका नवीन कार्कीलाई कास्कीमा खटाइएको छ । सीआईबीका एसपी नरेन्द्र चन्दलाई कैलालीमा सरुवा गरिएको छ । कोशी प्रदेश प्रहरी कार्र्यालयका दीपेन्द्र पंजियारलाई पाल्पा खटाइएको छ ।
अपराध अनुसन्धान कार्यालयको अनुसन्धान शाखाका एसपी अंगुर जीसीलाई जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ । बाँकेका एसपी रामप्रसाद घर्तीमगरको भने कर्णाली प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखा सुर्खेत सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागका सूर्यबहादुर खड्कालाई भक्तपुरमा सरुवा गरिएको छ । १ नम्बर गण नक्सालका एसपी सुवासचन्द्र बोहरालाई मकवानपुरको इन्चार्जमा सरुवा गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा रहेका एसपी अपिलराज बोहराको नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं १ नक्सालमा सरुवा भएको छ । बोहराको ठाउँमा पवन भट्टराईलाई खटाइएको छ ।
९० डीएसपी सरुवा
त्यसैगरी, ९० डीएसपीको सरुवामा काठमाडौं उपत्यकाका बृत्तहरुमा पनि इन्चार्ज फेरबदल भएका छन् । सन्तोष रोका बौद्ध, चन्चला श्रेष्ठ जगाती, जनार्दन घिमिरे सिंहदरबार, धनबहादुर बोहरा मालीगाउँ, नारायण डाँगी दरबारमार्ग, प्रकाश श्रीमल गौशाला, मोहनमणि अधिकारी स्वयम्भूमा सरुवा भएका छन् ।
गौरब महतलाई जिल्ला प्रहरी कार्यालय दार्चुला,अनिशकुमार कर्ण पाँचथर, रविराज थपलिया मुगु, हिमबहादुर खत्री कालिकोट छन् ।
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend