Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • महान्यायाधिवक्ता भण्डारीद्वारा पद बहाली, मिलेर काम गर्ने प्रतिबद्धता


    सोमबार, भाद्र ३० २०८२
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पद बहाली गरेकी छन् ।

    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले पद बहाली गर्दै यो विषम परिस्थितिमा सबैले मिलेर काम गर्नुपर्ने बताइन् । “परिस्थिति अनुकूल छैन, तर काम गर्ने बेला यही हो”, महान्यायाधिवक्ता बरालले भनिन्, “यो विषम परिस्थिति छ, सबैले मिलेर काम गर्नुपर्छ । त्यसका लागि म आफ्नो तर्फबाट प्रतिबद्ध छु ।”

    सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता बराललाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए । नेपालको इतिहासमा उनी महान्यायाधिवक्ता हुने पहिलो महिला हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार