Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी


    सोमबार, भाद्र ३० २०८२
    660
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुशीला कार्की नेतृत्व सरकारको मन्त्रिपरिषद् विस्तार भएसँगै पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ । बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।

    जेनजी प्रदर्शनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छिन् ।

    रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बनेका छन् । तीनै मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका थिए । उनीहरू सम्मिलित बैठक अहिले बसिरहेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार