Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनीयताको शपथ


    सोमबार, भाद्र ३० २०८२
    630
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

    सर्वोच्च अदालतमा प्रधान न्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

    वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

    नेपालको इतिहासमा उनी पहिलो महिला महान्यायाधिवक्ता बनेकी थिइन् ।

    प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार