काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा शुभकामना दिँदै बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद र दुरुपयोगको अन्त्य गर्दै उनीहरूको क्षमता तथा सिर्जनशीलतालाई प्रोत्साहन गर्नु साझा कर्तव्य भएको बताएकी छन् ।
‘बालबालिकाहरू केबल भविष्यका कर्णधार मात्र होइनन्, उनीहरू सभ्य र समुन्नत समाज तथा समृद्ध नेपालको आधारशिला पनि हुन्, उनीहरूलाई परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार तथा अनुशासित नागरिक बनाउन, उचित शिक्षा र सकारात्मक वातावरण प्रदान गर्नु अत्यावश्यक छ ।’
उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा र प्रतिभा विकासमा गरिएको लगानी नै दिगो तथा सुनिश्चित भविष्य निर्माणको बलियो जग बन्ने उनको भनाइ छ ।
चिनियाँ दार्शनिक कन्फ्युसिएसको यो भनाइ स्मरण गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन्, यदि तपाईँको योजना एक वर्षका लागि हो भने, धान रोप्नुहोस्, यदि तपाईँको योजना १० वर्षका लागि हो भने, रूख रोप्नुहोस् यदि तपाईँको योजना सय वर्षका लागि हो भने, बालबालिकालाई शिक्षित बनाउनुहोस् भन्ने भनाइ यस सन्दर्भमा मननीय रहेको छ ।’
उनले हाम्रो संविधानले सुनिश्चित गरेका बाल अधिकारलाई व्यवहारमा उतार्दै ‘बालबालिकामा लगानी’ मार्फत समृद्ध नेपालको सुनिश्चित भविष्य निर्माण गर्ने हाम्रो अभियानलाई सबल र प्रभावकारी बनाओस् भन्ने शुभकामना व्यक्त गरिन् ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
गोरखा। जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय ९ईभी०गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend