Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • अन्तरिम सरकारको स्वागत गर्दै अमेरिकाले भन्यो- ‘हामी नेपालसँग सहकार्य गर्न तयार छौँ’


    आइतबार, भाद्र २९ २०८२
    610
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा स्वागत गरेको छ।

    अमेरिकी दूतावासले आज विज्ञप्तिमार्फत गत हप्ताको दुस्खद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै स्वागत गरेको हो । लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दूतावासले दुस्खद् समयमा नेपालसँग शोकमा साथमै रहेको उल्लेख गरेको छ ।

    विज्ञप्तिमा उल्लेख छ ,’हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई सङ्क्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा सम्मान गर्दछौँ ।’

    दूतावासले अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा नेपालसँग सहकार्य गर्न तयार रहेको जनाएको छ । राष्ट्रपति पौडेलले पूर्व प्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार