काठमाडौं । जेनजी पुस्ताको २४ भदौको प्रदर्शनमा हिंस्रक जत्था घुसपैठ भई सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतदेखि राष्ट्रका खरबौं रुपैयाँ लगाएर निर्माण गरिएका संरचना आगजनी गरी ध्वस्त बनाए ।
गलामा राष्ट्रिय झन्डा ओढेर गरिएको यो बिध्वंशकारीहरुलाई उकास्ने काममा युट्युबर भाग्य न्यौपानेले गरेको खुलेको छ । उनले ललितपुरको नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई जेलबाट निकाल्नका लागि युट्युबबाट लाइभ गरेको अपराधीक ढंगले उकासेका थिए । जुन भिडियो सामाजिक संजालमा भाइरल छ । उनले यसरी भिडियोमार्फत् प्रदर्शनकारीलाई नख्खु जेलमा जानका लागि उक्साएका थिए– ‘रवि दाइलाई राखेको जेलमा जानुपर्यो, देशको चाहिने गृहमन्त्रीलाई जेलबाट झिकेर यो देशको सत्ता उहाँको हातमा लानुपर्यो ।…’
भाग्य न्यौपानेको उक्साहटमा नख्खु जेलमा रवि लामिछानेलाई निकाल्नका लागि निवर्तमान सांसद हरि ढकाललगायत पनि गएका थिए । भाग्य न्यौपानेजस्ता अपराधीक काम गर्न उक्साउनेहरुको लहलहैमा लागेर कीर्ते पत्र बनाएर लामिछाने जेलमुक्त हुँदा उनी चरम विवादमा परेका छन् । त्यो कीर्ते पत्र उनले जेलमुक्त भएको ३ घन्टापछि श्रीमती निकिता पौडेलको फेसबुक वालबाट सार्वजनिक गरी अर्को बच्कना हर्कत गरेका थिए । अब उनीमाथि कीर्तेमा पनि मुद्दा चल्ने देखिन्छ ।
भाग्य न्यौपानेको अपराधीक भिडियोेले गर्दा रास्वपा सभापति जेलबाट कीर्ते पत्र बनाएर छुट्दा देशभर जेलमा आगजनी गर्दै १५ हजार कैदीबन्दी भागेका छन् । जसको सम्पूर्ण जिम्मेवार लामिछानेलाई मानिएको छ । जेलका कैदीहरुले लामिछाने जेलबाट भाग्न पाउने आफूहरु किन नपाउने भन्दै आगजनी गरी भागेका छन् । जेलमा राखिएका हत्या, बलात्कार, लागूऔषध कारोबारीजस्ता अपराधीहरु भाग्दा समाजमा अपराध बृद्धि हुने त्रास ब्याप्त छ । जेलबाट १५ हजार कैदीबन्दी भगाउने मूख्य जिम्मेवार अपराधीक भिडियो बनाउने भाग्य न्यौपानेलाई पक्राउ गरी आजीवन काराबासको संजाय दिनुपर्ने माग सामाजिक संजालमा उठेको छ ।
भाग्य न्यौपानेले २४ भदौमै झापामा ८० किलो सुन फेलापरेको भनेर अर्को झुटो खबर युट्युबमार्फत् फैलाएका थिए । तर उक्त सुन अहिलेसम्म कहीँ कतै पनि भेटिएको छैन । हुँदै नभएको सुन भेटिएको झुटो खबर फैलाउने काम भाग्य न्यौपानेले गरेका थिए । युट्युबका आडमा अपराधीक कार्यमा उकास्ने न्यौपानेले यसअघि कपनको आकाशेधारा चौरमा एक बालिका फ्याँकिएको खबर प्रशारण गरी विवादमा आएका थिए ।
२०७७ साउन १२ गते कपनको आकाशेधारामा बिस्कुटको कार्टुनमा फालिएको अवस्थामा भेटिएकी बच्ची समाजसेवाको नाममा खुलेका दुई संस्थाबीचको सेटिङमा फालिएको तथ्य खुलेको थियो ।
बच्चीलाई कार्टुनमा लगेर चौरमा फाल्ने आप्रवासी महिला कामदार समूह संस्थाकी कार्यक्रम संयोजक जानुका गिरी रहेको र, गिरी र केयर बाल गृहकी सञ्चालिका पुष्पा अधिकारीकै मिलेमतोमा नाटकीय ढंगले बच्चीलाई ‘फालिएको’ प्रहरी अनुसन्धानबाट खुलासा भएको थियो । जानुका र पुष्पाकै सेटिङमा न्यौपानेलाई बोलाएर सेटिङमा बालिका फ्याँकिएको भिडियो बनाउन लगाइएको थियो ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend