काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी समूहले अगाडि सारेका व्यक्तिलाई नै अन्तरिम सरकारको प्रमुख बनाउन कांग्रेस तयार रहेको बताएका छन् ।
महामन्त्री थापाले शुक्रबार एक भिडियो सन्देश जारी गर्दै जेनजी समूहले राखेको मागलाई सम्मान र सम्बोधन गरेरमात्रै देश अगाडि बढ्न सक्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘जेनजी समूहले अगाडि सारेका व्यक्तिलाई नै अन्तरिम सरकारको प्रमुख बनाउन कांग्रेस तयार छ । जेनजी समूहले राखेको मागलाई सम्मान र सम्बोधन गरेर मात्रै देश अगाडि बढ्न सक्छ ।’
उनले भदौ २३ गते भएको घटनामा पार्टीका तर्फबाट माफी माग्दै भदौ २३ र २४ गते भएका प्रत्येक घटनाको छानबिन हुनुपर्ने बताएका छन् । ‘भदौ २३ र २४ गते घटेका प्रत्येक घटनाको छानबिन हुनुपर्छ । दोषीले कानुनअनुसारको सजाय पाउनुपर्छ,’ थापाले भिडियो सन्देशमा भनेका छन् ।
नियतवश सरकारी संरचनामाथि क्षति गर्नेहरूलाई कानुनको दायरामा ल्याउनुपर्ने थापाले बताउँदै उनले भनेका छन्, ‘तत्काल नयाँ सरकार बनेपछि कांग्रेसको माग रहन्छ– भदौ २३ र २४ दुवै दिनमा भएका अमानवीय जति पनि घटना छन्, क्रुर घटना प्रत्येकको छानबिन र जोसुकै होस् त्यसले कानुनअनुसार कारबाही हुनुपर्छ ।’ उत्तेजना फैलाउने होइन, सबैलाई जोड्न कांग्रेसले पहल कदमी लिने थापाको भनाइ छ ।
कांग्रेस सच्चिने र झन् बलियो भएर उठ्ने भन्दै उनले अब बन्ने अन्तरिम सरकारलाई संविधानसँग जोड्न कांग्रेसले आग्रह गर्ने बताएका छन् । उनले भनेका छन्, ‘२०७२ को संविधानसँग जोडिएन भने अहिलेको सरकारले दिने समाधान स्थायी समाधान हुन सक्दैन । बाटो सजिलो छैन । संविधानसम्मत बनाउन आवश्यक छ ।’
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
गोरखा। जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय ९ईभी०गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend