सुवास बस्नेत, जसले १ लाख रोपनी अबैध प्लटिङ रोकेका थिए भने १ हजार रोपनी सरकारी जग्गा कायम गर्ने तयारी गरेका थिए ।
काठमाडौं । भूमाफियाको अतिक्रमणमा परेको करिब १ लाख रोपनी जग्गा खोजी गर्दै खाली गराउन लागिपरेका काठमाडौं उपत्यका बिकास प्राधिकरण, काठमाडौं कार्यालयका प्रमुख(डीई) सुवास बस्नेतलाई सरुवा गर्न लागिएको छ ।
सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेपछि बस्नेतको सरुवा गर्ने तयारी गरेका छन् । संघीय सहरी आयोजना कास्कीकी प्रमुख सुनिता श्रेष्ठ सापकोटालाई उपत्यका विकास प्राधिकरण, काठमाडौंको प्रमुखमा ल्याउन लागिएको छ । समेत बिदा भइसकेको तरल र निषेधाज्ञा लागू भएको अवस्थामा सचिव सिग्देलले बस्नेतको सरुवा गर्ने तयारी गरेका छन् ।
डीई बस्नेतले काठमाडौं जिल्लाका अबैध प्लटिङ रोक्ने अभियान नै चलाउँदैआएका छन् । उनले काठमाडौंका ३ ३ खर्ब बराबरका करिब ५ हजार रोपनी अबैध प्लटिङ गर्न लागिएका जग्गा रोक्का राखेका छन् ।
तिनै अबैध प्लटिङका संचालकहरुको प्रभावमा परी सचिव सिग्देलले बस्नेतको सरुवा गराउन लागेको आरोप छ । काठमाडौंका डाँडाकाँडाका सरकारी जग्गा, बन जंगलदेखि शिवपुरी राष्ट्रिय निकुन्जको बफरजोजको जग्गा अतिक्रमण गरी प्लटिङ गर्ने क्रम पछिल्ला दिनमा बढिरहेको र त्यस्ता प्लटिङ रोक्न बस्नेत र उनको नेतृत्वको टीम अहोरात्र लागेको थियो ।
बस्नेतले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको कपनको लोयल्टी स्कुल, चावहिलको ओम हस्पिटलको जग्गा खाली गराउन डोजर चलाउन खोज्दा अबरोध हुँदैआएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी धेरै नेता र उच्चपदस्थ कर्मचारीहरुले घर बनाएको र ती जग्गा खाली गराउन बस्नेत लागिपरेका थिए । अतिक्रमणमा परेका संरचना डोजर लगाउँदै खाली गराउने र अबैध प्लटिङ रोक्न खोज्दा बस्नेत सचिव सिग्देलको कोपभाजनमा परेका छन् ।
सिग्देलले अबैध प्लटिङ र भूमाफियाको प्रभावमा परी उनलाई सहरी विकास तथा भवन निर्माण बिभागमा सरुवा गरी सुनितालाई ल्याउन लागेको बुझाइ आयुक्त कार्यालयका कर्मचारीमा छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल पनि सार्वजनिक जग्गा संरक्षण गर्नेतिर भन्दा उनीहरुसँग सेटिङ गरी लाभ लिनमै तल्लीन रहेकी छन् । तर बस्नेतले साहसका साथ डोजर लगाएण्र सार्वजनिक जग्गा खाली गराउँदैआएका छन् ।
विकास आयुक्त ढकालले २०७९ कात्तिक १८ र मंसिर २८ गते सार्वजनिक जग्गा खाली गराउने सूचना निकालेर मोलमोलाई गरी डिल मिलेपछि खाली नगराएको आरोप लाग्ने गरेको छ । ढकालले पनि सरकारी जग्गा अतिक्रमण गर्ने र अबैध प्लटिङवालाहरुको स्वार्थमा चली बस्नेतलाई हटाएर सुनिता श्रेष्ठलाई ल्याउन लागेको आरोप छ ।
त्यसैगरी, सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नै नै सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाएको आरोप लागेको छ । टोखास्थित बसुन्धरामा रहेको सिग्देलको घर सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको स्रोतको दाबी छ । सार्वजनिक जग्गा मिचेको मात्र होइन, उक्त घर मापदण्डबिपरीत बनाइएको कागजात उपत्यका विका स प्राधिकरणमा रहेको स्रोत बताउँछ ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend