Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • सिमरा विमानस्थलमा पूर्वराष्ट्रपति भण्डारीको भब्य स्वागत, एमालेका नेता–कार्यकर्ताको ताँती


    शनिबार, भाद्र १४ २०८२
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)ले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरे पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेता–कार्यकर्ता भेटघाटलाई तीव्रता दिएकी छन् ।

    शनिबार बिहान मधेश प्रदेशको आर्थिक केन्द्र बीरगंजको कार्यक्रममा भाग लिन जाने क्रममा भण्डारीलाई सिमरा विमानस्थलमा एमालेका नेता–कार्यकर्ताले भब्य स्वागत गरेका छन् ।

    सिमरा विमानस्थलमा पूर्वराष्ट्पति भण्डारीलाई स्वागत गर्न एमालेका नेता–कार्यकर्ताको ताँती लागेको छ । भण्डारीलाई ५० किलोको फुलको मालासहित स्वागत गरिएको छ ।

    एमालेका केन्द्रीय सदस्य पुरुषोत्तम पौडेल, अर्का नेता अरबिन्द सिंह लगायत नेता–कार्यकर्ता भण्डारीको स्वागतमा  सिमरा विमानस्थल पुगेका थिए ।

    भण्डारीले बीरगञ्जमा उद्योग बाणिज्य संघको कार्यक्रम उदघाटन गर्नेछिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार