Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • ‘संसद् पुनःस्थापना हुनेमा विश्वस्त छु’


    मंगलबार, माघ २० २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । पूर्वगृहमन्त्री जनार्दन शर्माले संविधानको रक्षा गर्न संसद् पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालको स्थापना दिवस तथा तेस्रो साधारणसभामा आज उहाँले संसद् पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

    उहाँले एम्बुलेन्स चालकलाई सरकारी कर्मचारीको रुपमा स्थापित गर्दै जनतालाई सहज स्वास्थ्य उपचार दिनुपर्नेमा जोड दिनुभयो । सङ्कटको अवस्थामा अग्र मोर्चामा रहने एम्बुलेन्स चालकले सेवा दिने गरेको भन्दै नेकपा नेता शर्माले उनीहरूको प्रशंसा गर्नुभयो । उहाँले बिरामीको अवस्था हेरेर महङ्गो होइन सहज हुने अस्पतालमा लैजान अनुरोध गर्नुभयो ।
     
    भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संवेदनशील क्षेत्रमा जोखिम मोलेर काम गर्ने एम्बुलेन्स चालकलाई राज्यपक्षबाट सहयोग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीयस्तरबाट हुन सक्ने सहयोगका लागि आफू तयार रहेको बताउनुभयो । 

    प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल ट्रेड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा, अखिल नेपाल ट्रेड युनियन चितवनका यदुनाथ कँडेल, एलाइभ अस्पतालका प्रबन्ध निर्देशक  डा  प्रमोद लामिछाने, वरिष्ठ बालरोग विशेषज्ञ डा बालकृष्ण कालाखेतीलगायतले संस्था स्थापनाको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

    सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछानेको सभापतित्वमा भएको थियो । देशभर करिब चार हजार ५०० एम्बुलेन्स रहेको तथ्याङ्क छ । सो अवसरमा नौ जना पत्रकारलाई सम्मान गरीएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार