काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो समय आफ्नै नेता कार्यकर्ताको चेपुवामा पर्दै आएका छन् ।
पार्टीमा सामूहिक तस्वीर खिचेर प्रवेश गराएका कार्यकर्ता नै आपराधिक पृष्ठभूमिका व्यक्ति भएपछि देउवाको सर्वत्र आलोचना भएको हो । सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा फरार सूचीमा रहेका व्यक्तिलाई नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालयमा धुमधामका साथ देउवाकै हातबाट टीका लगाएर भित्र्याइयो ।
तत्कालीन राष्ट्रिय जनता पार्टीका महासचिव रहेका असई विकका हत्या आरोपी देवेन्द्र यादवलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामै खादा ओढाएर पार्टी सदस्यता दिएका थिए । तर जघन्य अपराधमा संलग्न भएको आरोप लागेका यादवलाई सभापति देउवाबाटै संरक्षण भएको भन्दै बाहिर मात्र होइन, पार्टीभित्रै पनि चर्को आलोचना भयो ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि कांग्रेसले यसबारे चासो राख्यो । र, यादव फौजदारी अभियोगमा संजाय सुनाइएका र फरार सूचीमा थाहा पाएपछि शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयले उनलाई दिएको सदस्यता खारेज गरिदियो । उनको सदस्यता खारेज गरे पनि नेता कार्यकर्ताले चित्त बुझाउन नपाउँदै फेरि पार्टी सभापतिकै आशीर्वाद पाएर काठमाडौंमा गुण्डागर्दी गर्ने राजु गोर्खाली पक्राउ परे । यसले फेरि सभापतिलाई नै अप्ठेरो पर्ने वातावरण उत्पन्न भयो ।
बागमती प्रदेश सरकारभित्र आन्तरिक कलह उत्पन्न गराएर समाधान गर्न नसकेका देउवामाथि एकपछि अर्को बाँण सोझिने कार्य तिब्र गतिमा अगाडि बढेको बताइन्छ । बागमती प्रदेश सरकारको किचलोमा सहमतिको आश्वासन दिएर बिश्वासको मत दिन लगाएका देउवाको नै बिश्वास गुमेको भन्दै बागमती प्रदेश सभा सदस्यले गुनासो गरिरहेको अवस्थामा देवेन्द्र यादवलाई पार्टी सदस्यता दिने र राजु गोर्खाली पक्राउ पर्नुले झन् आलोचित बनाएको छ ।
आफूलाई शेरबहादुर देउवाको राइट ह्याण्ड बताउने गोर्खालीले कांग्रेसको २०७८ सालमा भएको १४ औँ महाधिवेशनमा काठमाडौँबाट सिन्धुपाल्चोकमा क्रियाशील सदस्यता सारेका थिए । सिन्धुपाल्चोक कांग्रेसमा मोहनबहादुर बस्नेतलाई साइजमा ल्याउन पार्टी नेतृत्वले गोर्खालीलाई सिन्धुपाल्चोक पठाएको एक नेताले बताए । आफ्नो पार्टी सदस्यता सिन्धुपाल्चोक सारेपछि गोर्खाली बस्नेतबिरुद्ध लागिपरेका थिए ।
जेलनेल र आन्दोलनमा जीवन अर्पित गरेका कांग्रेसका नेताहरुलाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा हराएर देउवाको आडमा गोर्खालीले सिन्धुपाल्चोकमा सबैभन्दा बढी मत ल्याएर जितेका थिए । गुण्डानाइके गोर्खालीलाई संरक्षण गर्ने र कांग्रेसको महासमिति सदस्य बनाउने कार्य देउवाले नै गरेका थिए । १० करोडको चेक बाउन्समा उनी पक्राउ पर्दा कांग्रेसकै प्रतिष्ठा गिरेको छ ।
केन्द्रमा देउवाको गुणगान गाउने गोर्खाली अन्ततः पक्राउ परे । गोर्खालीलाई काठमाडौँ प्रहरी परिसरको विशेष टोलीले टिकाराम तिवारीलाई दिएको १० करोडको चेक बाउन्स भएको आरोपमा बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको हो । अपराधिक कार्यमा लागेकालाई देउवाको सरक्षणले पार्टीभित्र देउवाबिरुद्ध ठूलै बहस सुरु भएको एक केन्द्रीय सदस्यले बताए ।
काठमाडौँ। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका...
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकले नेपाल राष्ट्र बैंक,२०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पारित गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त...
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय हुने बताइएको छ । ...
काठमाडौँ । सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ । बुधबार रास्वपा संसदीय दलको कार्यालय...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी बाटो रोजेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend