काठमाडौं । नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवाले तामझामका साथ बिहीबार नेपाली कांग्रेसमा प्रवेश गराएका महोत्तरीका देवेन्द्र यादवलाई २४ घन्टा नबित्दै शुक्रबार निस्कासित गर्नुपरेको छ ।
तत्कालीन सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी हुँदै लोसपामा आवद्ध भएका र पछिल्ला दिनमा निस्क्रिय रहेका यादवलाई नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र मधेश प्रदेश अध्यक्ष कृष्ण यादवले देउवाको हातबाट टीका लगाई पार्टीमा प्रवेश गराएका थिए ।
मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा देवेन्द्र यादवसहित ७ जनालाई अदालतले जन्मकैद संजाय गरेको छ । जन्मकैदको संजाय सुनाइएका यादव फरार अभियुक्त हुन् । फरार अभियुक्त यादवलाई देउवाले पार्टी प्रवेश गराएको भन्दै सामाजिक संजालमा बिरोध भएपछि शुक्रबारै विज्ञप्ति प्रकाशित गरी कांग्रेसले निस्कासन गरेको हो ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासमेतको उपस्थितिमा देउवाले उनलाई पार्टीमा स्वागत गरेका थिए ।
यादवलाई पार्टी प्रवेश गराउने कार्यमा महेन्द्र यादव र कृष्ण यादव लागेका थिए । उनीहरुले यादवमाथि फौजदारी अभियोग लागेकोबारेमा देउवालाई जानकारी नदिई विवादमा तानेका छन् ।
मधेस आन्दोलनका क्रममा ०७२ भदौ २५ गते आन्दोलनकारीले असई थमन विकको हत्या गरेका थिए । हत्या भएको ३ बर्षपछि २०७५ साउन २८ गते २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।
विकको हत्यामा महोत्तरी जिल्ला अदालतले ०८० मंसिर २८ गते ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । ती ७ जनामा यादव पनि एक हुन् । यादव प्रहरीको फरार सूचीमा छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend