Nepal Face
  • शुक्रबार, २ असोज २०८३
  • दुर्गा प्रसाईंको ध्यान प्रेस काउन्सिलतिर !


    बिहिबार, साउन २९ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । प्रेस काउन्सिल नेपालको नेतृत्व चयनमा ढिलाईबाट दुर्गा प्रसाईंनिकट समूहमा भने खुशीयाली छाएको छ । २ महिनादेखि मिडियाको नियामक निकाय प्रमुख नहुँदा अनुगमन, नियमन र कारबाहीको काम प्रभावित भएको छ ।

    यहीबीचमा प्रसाई समेत रिहा भएका छन् । उनले आफ्ना समूहका अराजक अनलाइन, युट्युवलाई सक्रिय बनाउन थालिसकेका छन् ।

    तिनै प्रसाईले परिचालन गरेर चलेका २५ भन्दा बढी युट्युवे र केही अनलाइनलाई यसअघिका काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टिमले भटाभट कारबाही थालेको थियो ।

    प्रसाईले ६ महिनाअघि बस्नेतलाई सार्वजनिक रुपमै सुरक्षा धम्की दिएका थिए । तर, त्यसलगत्तै प्रसाई आफै पक्राउ परी जेल पुगेका थिए ।

    यता सरकारले भने काउन्सिल नेतृत्व चयन गर्न सकेको छैन । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ र गृहमन्त्री रमेश लेखकले पर्याप्त गृहकार्य नगरेकाले काउन्सिल अध्यक्षको निर्णय हुन नसकेको हो । अचम्म चाहिँ के भने सञ्चार मन्त्रालयले यो बीचमा उक्त पदका लागि पटक पटक गरेर ३ जनाको नाम पेस गरिसकेको छ ।

    अराजक समूहको नेतृत्व गरेका प्रसाईले काउन्सिल अध्यक्षमा अतिरिक्त चासो र सक्रियता देखाएको सञ्चारकर्मीहरु बताउँछन् । उनीहरु नियुक्तिलाई जतिसक्दो ढिलो धकेली फेरी अफवाह र हावादारी सामाग्री फैलाउने धुनमा रहेको बुझिएको छ ।

    सत्ता साझेदार दल कांग्रेसले पहिले काउन्सिलमा आफूनिकट अध्यक्ष पठाउने, त्यसपछि गोरखापत्र संस्थानका लागि पनि दावी गर्ने भित्री रणनीतिअनुसार ढिलाई गरेको एक जना मन्त्रीले जानकारी दिए । त्यसैपनि काउन्सिलमा यसअघि नै बहुमत बोर्ड सदस्यहरु कांग्रेसको तर्फबाट पठाइसकेको छ । एमालेको तर्फबाट केही गरी अध्यक्ष छानिए अल्पमतमा परी नेतृत्व गर्नुपर्ने अवस्था छ ।

    सञ्चार मन्त्री गुरुङ भने अब जसरी हुन्छ आफूले लगेका प्रस्ताव मध्ये एकलाई चाँडै नियुक्ति दिलाउन सक्रिय हुने भएका छन् । त्यसका लागि उनले कांग्रेसका नेता र प्रधानमन्त्री केपी ओलीसँग परामर्श गरिरहेको उनको सचिवालय स्रोतले जानकारी दियो ।

    काउन्सिलले पछिल्लो २ वर्षदेखि थालेको आचारसंहिता अभिमुखिकरण कक्षा र सामाजिक सञ्जाल नियमन प्रभावकारी भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार